सगरमाथा क्षेत्रमा भारतीय पर्यटकहरु खचाखच (फोटो फिचर)

Advertisement

सगरमाथा आधार शिविर । हिमाल आरोहण र पदयात्राका लागि आउने भारतीय पर्यटकहरुका कारण सगरमाथा क्षेत्र अहिले खचाखच हुन पुगेको छ । वसन्त ऋतुमा हिमाल आरोहण र पदयात्रा बढी उपयुक्त समय मानिने भएकाले यो समयमा स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्दछ । 

कोरोना महामारीपछि अहिले पहिलो पटक भारतीय पर्यटकहरुको चलहपहल सगरमाथा क्षेत्रमा बढी भएको खुम्बु क्षेत्रका पर्यटन व्यवसायीहरुको भनाई छ । सगरमाथा आरोहणभन्दा पनि आधार शिविरसम्म पदयात्रामा आउने भारतीय पर्यटकहरुको संख्या धेरै हुने गरेको छ । 

Advertisement

पायोनियर एडभेन्चर नामक कम्पनीका वरिष्ठ गाइड साँंग्य शेर्पाले आफूहरुको कम्पनीबाट मात्रै दुई सयभन्दा धेरै भारतीय पर्यटक सगरमाथा क्षेत्रमा आएको बताए । उनले भने, ‘मैले यस सिजनमा चार वटा ग्रुपलाई सगरमाथा आधार शिविरसम्म पदयात्रा गराए । त्यसमा सम्पूर्ण पदयात्री भारतीय मात्रै छन् । हाम्रो मात्रै नभएर अन्य कम्पनीबाट पनि भारतीय नै बढी देखिन्छ ।’ शेर्पा खुम्बु गाउँपालिका ४ खुम्जुङका वासिन्दा पनि हुन् । उनले १६ पटक सगरमाथा चढिसकेका छन् । 

भारतीय पदयात्रीमा व्यवसायी, बैंकिङ तथा बीमा क्षेत्रमा काम गर्ने, इन्जिनियर, चिकित्सक पनि रहेको शेर्पाको भनाई छ । भारतीय पर्यटकको टोलीका कतिपय सदस्यले आफ्ना बालबालिकालाई पनि सगरमाथा क्षेत्रको भ्रमण गराएको देखिन्थ्यो ।

पायोनियर एडभेन्चरका अध्यक्ष पासाङ शेर्पाले अहिलेको सिजनमा करिव सात सय पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको, त्यसमा अधिकांश भारतीय रहेको बताए । 

त्यस्तै, खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाका अनुसार साउनदेखि वैशाखसम्म ५२ हजार २९ जना पर्यटकले सगरमाथा क्षेत्र अवलोकन गरेका छन् । 

undefinedundefinedundefinedundefinedundefinedundefined
 

Advertisement

Advertisement