काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कुल तीन लाख ५५ हजार ५०० कित्ता संस्थापक शेयरमा बिक्रीमा ल्याएको छ ।
कम्पनीले भानुभक्त ढकालको नाममा रहेको एक लाख कित्ता, प्रभु म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको पाँच हजार ५०० कित्ता र मोहनलाल अग्रवालको नाममा रहेको दुई लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
यस शेयरमा जोकोहीले खरिद आवदेन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र प्रभु महालक्ष्मीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेस गर्नुपर्ने छ ।