इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक त्रितालद्वारा राजीनामा

Advertisement

काठमाडौं । इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालले राजीनामा दिएका छन् । उनीमाथि श्रीमती सीता घिमिरे त्रितालको नामबाट इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको छ । 

त्रिताल एकैपटक दुई हाइड्रोपावर कम्पनीका सञ्चालक थिए । उनले आफू सञ्चालक रहेको अर्को जलविद्युत कम्पनी इन्हवा हाइड्रोपावरको सञ्चालक पदबाट समेत राजिनामा दिएका छन् ।

Advertisement

धितोपत्र सम्बन्धी ऐन अनुसार कुनै पनि सूचीकृत कम्पनीका सञ्चालकले आफु सो पदमा रहँदासम्म आफ्नो कम्पनीको शेयर आफू र आफन्तको नामबाट गर्न नपाइने व्यवस्था छ । 

यसअघि अपि पावरकै गुरुप्रसाद न्यौपानेमाथि यसैगरी कारबाही भइसकेको छ ।

Advertisement

Advertisement