करार र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको सामाजिक सुरक्षामा मन्त्रालयको चासो

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटिने तयारी भै रहेको बताएका छन् । शुक्रबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी साउन देखि लागू हुने गरी करार र अनौपचारिक क्षेत्रका श्रमिकका लागि सुरक्षा योजना सञ्चालन गरिने बताएका हुन् ।  

सरकारको नीति तथा कार्यक्रमले पनि अनौपचारिक क्षेत्र र करारमा रहेका श्रमिकको सुरक्षा योजनालाई समेट्नेको छ । यसलाई सहज बनाउन श्रम र अर्थमन्त्रालयका अधिकारी बिच छलफल भएको उनले बताए । “करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि हामीले कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र अर्थमन्त्रालय बिच छलफल गरेका छौ,” उनले भने । 

Advertisement

छलफलमा विदेशका कारगारमा, कोमा र श्रमिकको शव लगायतका बिषयमा मन्त्रालयले तथ्यांक संकलन गरी रहेको पनि बताए । केही तथ्यांक प्राप्त भएको छ । पूर्ण तथ्याक प्राप्त भएपछि राहत र उद्धारका लागि रणनीति बनाईने उनले बताए । त्यस्तै, श्रम स्वीकृति लिएर गएका नागरिकको उद्धार, शबको व्यवस्थापन, बिमा, उपचार लगायतका सबै खालको जिम्मेवारी मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार बोर्डले लिने उनले बताए । तर, गैरकानुन तवरबाट श्रम स्वीकृति नलिई गएका श्रमिकको हकमा भने मन्त्रालयले आर्थिक सहयोग नगर्ने उनले स्पष्ट पारे । “उद्धारका लागि मन्त्रालयले सम्बन्धित मुलकको नियोग तथा अन्य सामाजिक संस्थासँग समन्वय मात्रै गर्न सक्छ,”उनले भने । त्यसैले श्रम स्वीकृति लिएर मात्रै रोजगारीमा जाने सुचना प्रवाह गरिदिन उनले आग्रह गरे । 

यसका साथै मन्त्रालयले अहिले सीप विकासका कार्यमा जोड दिएको बताए । प्रत्येक श्रमिकलाई सीप सिकाउने गरी मुलुक भर व्यवसायीक सीप विकास तालिम केन्द्रको परिचालन गरिने उनले बताए । आगामी दिनमा बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने मन्त्रालयको लक्ष्य रहेको उनले बताए । वैदेशिक रोजगारी व्यवसायका लागि सरकारबाट अनुमति प्राप्त व्यवसायीलाई प्रोत्साहीत गरिने तर, गैरकानुनी रुपमा काम गरेमा निर्मम भएर कारवारही तथा नियमन पनि गरिने उनले बताए । 

त्यस्तै, छलफलमा श्रम सचिव घनश्याम उपाध्यायले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितोमा सरल कर्जा उपलब्ध गराउने बिषयमा मन्त्रालयले सम्बन्धित निकायहरुसँग छलफल गरी रहेको बताए । “चर्को ब्याजमा कर्जा लिएर श्रमिकहरु विदेश जानुपर्ने बाध्यता छ । यो बाध्यतालाई हटाउन मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरी रहेको छ,” उलने भने ।

त्यस्तै, मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने, रोजगार बैकको स्थापना गर्ने, आन्तरिक रोजगारलाई अभिवृद्धि गर्ने गरी प्रधानमन्त्री रोजगारी कार्यक्रमको संरचनालाई परिवर्तन लगायतका कार्य गरी रहेको उनले बताए । साथै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा हेल्प डेस्क राखेर वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको तथ्यांक संकलन गर्ने योजना पनि बनाई रहेका छौ । 

छलफलमा बाँके जिल्लामा सक्रिय पत्रकारको बाक्लो उपस्थिती रहेको थियो । पत्रकारले श्रममन्त्री अर्यालसँग श्रम तथा रोजगारका बिषयमा प्रश्न गरेका थिए ।

श्रम तथा रोजगार सम्बन्धी सूचनालाई व्यापक बनाउन श्रममन्त्रीको आग्रह
यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले श्रम तथा वैदेशिक रोजगार सम्बन्धी जानकारीलाई व्यापक बनाउन आग्रह गरे । शुक्रबार देखि कोहलपुरमा शुरु हुन गै रहेको रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।  

undefined

रोजगार संयोजक भनेको सुचना संवाहको हो । त्यसैले गाउँ गाउँमा सही सुचना दिएर ठगिनबाट जोगाउन र स्वरोजगार हुनका लागि आवश्यक सहयोग गर्न उनले आग्रह गरे । “तपाईहरुको उपस्थित अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमको ढाँचा परिवर्तन गरी तपाईहरुलाई अझै जिम्मेवार बनाउन खोजेका छौ । आफनो जिम्मेवारीलाई इमान्दारीतका साथ पुरा गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु,” उनले भने । त्यस्तै, चार दिनसम्म सञ्चालन हुने तालिमको सफलताको पनि कामना गरे । 

श्रम मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री रोजगार कार्यक्रमले शुक्रबार देखि लुम्बिनी प्रदेशका रोजगार संयोजकका लागि प्रशिक्षण तालिम शुरु गरेको छ । अन्तराष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा मन्त्रालयले तालिमको आयोजना गरेको हो । तालिममा लुम्बिनी प्रदेशका २०४ जना रोजगार संयोजकको सहभागीता रहेको छ । तालिम सात गतेसम्म सञ्चालन हुनेछ ।

हज यात्रीलाई विदाई गरे श्रममन्त्री अर्यालले
यसैबीच, हज यात्राको लागि साउदी अरब जाने टोलीलाई शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले अन्तराष्ट्रिय बिमानस्थलबाट विदाई गरेका छन् । शुक्रबार तेस्रो समूहमा १५२ जना यात्री हजका लागि साउदी प्रस्थान गरेका छन् । 

एयर अरेबिया एयरलाईन्स मार्फत हज यात्री युएईको शारजहा हुँदै साउदी पुग्नेछन् । हजयात्रामा जाने यात्रुलाई यात्रा सफलताको शुभकामना दिदै श्रममन्त्री अर्यालले विदाई गरे ।  

undefined

हिजरी संवत् १४४५ को हजका लागि गत बुधबार पहिलो समूहमा १५० जना साउदी अरब प्रस्थान गरी सकेका छन् । त्यस्तै दोस्रो समूहमा विहीबार विहान १५० जना साउदी प्रस्थान गरी सकेका छन् । आइतबार राती दुई बजे चौथो समूहमा १४८ जना साउदी प्रस्थान गर्नेछन् भने आइबार विहान नै अन्तिम समूहमा १६४ जना हजका लागि साउदी प्रस्थान गर्नेछन् । 

यो बर्ष ७६४ जना हजयात्री साउदी जाने भएका छन् । जसमध्ये १० जना प्रतिनिधिमण्डल छन् । साउदीको मक्का मदिनालाई इस्लाम धर्मालम्बीको सबैभन्दा ठूलो तिर्थ मानिन्छ । प्रत्येक बर्ष नेपालबाट हज यात्राका लागि जाने गरेका छन् । हज यात्राले पाप नष्ट भै स्वर्गको प्राप्ती हुने विश्वास रहँदै आएको छ ।


 

Advertisement

Advertisement