सूर्योदय वोमी लघुवित्तको ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले करिब ६२ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । 

लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता शेयर लिलामीमा राखेको हो ।

Advertisement

लिलामी शेयरको न्यूनतम मूल्य २ सय ९४ रुपियाँ निर्धारण गरिएको छ ।

इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको शेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेखी यही जेठ १३ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । 

न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि खरिद आवेदन दिन सक्ने बताइएको छ । 

बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

Advertisement