काठमाडौंमा आज कहाँ-कहाँ हुँदैन बिजुली ?

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यकामा आज पनि (जेठ ६ गते) विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गको विद्युतीय लाइन भूमिगत गर्ने प्रयोजनका लागि दैनिक ६ घण्टा बिजुली कटौती गर्न लागेको हो । 

Advertisement

विद्युत् बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म जानेछ । जसअन्तर्गत आज काष्ठमण्डप भिमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल र चिगमंगल क्षेत्रमा विद्युत् आपूर्ति हुनेछैन । 

प्राधिकरणले जेठ ३ गतेदेखि विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध गर्दै आएको छ । 

साथै, मौसम प्रतिकूल भएको अवस्थामा विद्युत् आपूर्ति बन्द नहुने पनि प्राधिकरणले स्पष्ट पारेको छ । 

Advertisement

Advertisement