प्रहरी जवान हत्या प्रकरण : ६ जना पक्राउ

Advertisement

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मारिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले घिमिरेको हत्या आशंकामा सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । 

Advertisement

काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ड्युटी सकेर घर फर्किंदै गर्दा तारकेश्वर नगरपालिका—९, मनमैजुमा उनको हत्या भएको थियो । 

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 


 

Advertisement