गौशाला सडककिनार अतिक्रमण गरी बनाएका संरचना महानगरले भत्कायो

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ ।

आईतवार महानगरपालिकाले मापदण्ड विपरित जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो । गौशाला चोक आसपासमा सडककिनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटरहरु भत्काएको महानगरपालिकाले बताएको छ । 

Advertisement

महानगरपालिकाले शुक्रवार मात्रै भत्केको पुल आसपासका अवैध संरचनाहरु भत्काएको थियो । महानगरपालिकाले मापदण्ड विपरित बनाएका महानगरपालिका भित्रका संरचनाहरु भत्काउँदै आएको छ 

Advertisement