‘नेपाल लघु बीमक संघ’ को अध्यक्षमा चिरायु भण्डारी चयन, यस्तो बन्यो कार्यसमिति

Advertisement

काठमाडौं । लघुवित्त बिमक संस्थाहरुको छुट्टै संस्था स्थापना भएको छ ।  

बीमाको पहुँच बाहिर रहेका समुदायलाई बीमाको दायरामा समेटी उनीहरुको आर्थिक भविष्यलाई सुनिश्चित गर्ने, लघु बीमा सेवाको बिकास तथा बिस्तार गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय ललितपुरमा गत बिहीबार ‘नेपाल लघु बीमक संघ’ दर्ता भएको हो । 

Advertisement

उक्त संस्थाको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, उपाध्यक्षमा स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिश्वराम तिमिला, सचिवमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोका र कोषाध्यक्षमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव कोषाध्यक्ष रहेका छन् ।  

यसैगरी सदस्यहरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ रहेका छन् । 
 

Advertisement

Advertisement