वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने चेम्बरको कार्ययोजना

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरको छ । 

आईतवार चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन गर्दै तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको हो । चेम्बरले आर्थिक शिथिलताको अविलम्व अन्त्य, नीतिगत स्थायित्व र निजी क्षेत्रलाई नीतिगत संरक्षण आदि विषयमा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ । 

Advertisement

चेम्बर निजी क्षेत्रको सबैभन्दा पुरानो र नेतृत्वदायी भूमिकामा रहेको भन्दै आगामी ३ वर्ष कार्ययोजना बनाएको अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । उनले श्रम बजारमा ५ लाख युवा प्रवेश गर्ने भएकाले वार्षिक २० प्रतिशतका दरले थप रोजगारी सिर्जना गर्न पहल गर्ने बताए । 

अग्रवालले दिगो आर्थिक विकासका लागि स्थिर सरकार र नीतिगत स्थायित्वमा जोड दिने चेम्बरको कार्ययोजना रहेको बताए । उनले कालोबजारी ऐन २०३२ मा पूराना र अव्यवहारिक कानूनहरुलाई खारेज गरी नयाँ परिवेश अनुसारको कानून निर्माणको लागि पहल गरिने बताए । 

अग्रवालले आगामी ३ वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादनलाई ५६ खर्ब ५ अर्बबाट ७५ खर्ब पु¥याउने गरी औषतमा वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न समन्वयत्मक भुमिका निर्वाह गरिने बताए । उनले पुँजी निर्माण र रोजगारी सिर्जनामा निजी क्षेत्रको हाल ८१ प्रतिशत योगदान रहेको भन्दै औद्योगिक वातावरण र रोजगारी सिर्जनामा संस्थागत पहल गरिने बताए । 

अग्रवालले कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापारको १४ प्रतिशतको योगदानलाई वृद्धि गरिने बताए । आर्थिक वर्ष २०८०–८१ मा मुलुकको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमानका आधारमा आगामी ३ वर्षमा प्रतिव्यक्ति आय कम्तिमा २ हजार डलर पुर्याउने कार्ययोजनाका लागि पहल गरिने अध्यक्ष अग्रवालको भनाई छ ।

उनले सहकारी समस्या समाधानको लागि नीतिगत पहल गर्ने पनि बताए । अग्रवालले पूर्वाधारका योजनालाई पाइलट प्रोजेक्टका रुपमा विकास गरी विदेशी लगानीको आकर्षणका लागि पहल गरिने बताए । चेम्बरले रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा प्रोत्साहन गर्न नीतिगत कार्ययोजना बनाउनका लागि पहल गरिने कार्ययोजना बनाएको छ ।

Advertisement

Advertisement