फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख २० हजार कित्ता संस्थापक शेयर लिलामी भर्ने आज (जेठ ७ गते) अन्तिम दिन हो । 

कम्पनीले वैशाख ३१ गतेदेखि यो सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

Advertisement

यस शेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम ३१५ रुपियाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आवेदन दिँदा संस्थाको  बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी दिनुपर्नेछ । 


 

Advertisement

Advertisement