सैंतिस अर्ब ७३ करोडको ट्रेजरी बिल बोलकबोल आज

Advertisement

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार (जेठ ८ गते) ३७ अर्ब ७३ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

यस ट्रेजरी बिलका लागि आज (सोमबार जेठ ७ गते) दिउँसो ३ बजे बोलकबोल हुँदैछ । 

Advertisement

कार्यालयले ३७ अर्ब ७३ करोड रुपियाँमध्ये ३२ अर्ब ७३ करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको जनाएको छ । 

कार्यालयले २८ दिनका लागि, १० अर्ब रुपियाँ, ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपियाँ र १८२ दिनका लागि ८ अर्ब रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण तथा ५ अर्बको नयाँ ट्रेजरी र १ वर्षका लागि ७ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

Advertisement

Advertisement