सुनको मूल्य प्रतितोला ९ सय बढ्यो, १ लाख ४१ हजार ८ सयमा कारोबार

Advertisement

काठमाडौं । सुनचाँदीको मूल्य सोमबार पनि उकालो लागेको छ । आज सुन प्रतितोला ९ सय र चाँदी प्रतितोला ३० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुनचाँदीको मूल्य बढेर आज फेरि अर्को नयाँ रेकर्ड कायम भएको हो । 

Advertisement