चार लाख ४४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४ लाख ४४ हजार ७ सय २०.७१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

एक हाइड्रो र एक लघुवित्तको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा युनाइटेड इदी मर्दी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको ५.५० प्रतिशत बोनस शेयर बापत २ लाख ३१ हजार कित्ता शेयर सूचीकृत भएको छ । 

त्यस्तै समता घरेलु लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको ४.४२२२ प्रतिशत बोनस बापतको २ लाख १३ हजार ७ सय २०.७१ कित्ता बोनस शेयर आजै सूचीकृत भएको नेप्सेले जनएको छ ।  
 

Advertisement