कुमारी बैंकले मोबाइल बैंकिङ एपबाटै रु. दुई लाखसम्मको कर्जा दिने

Advertisement

काठमाडौं । कुमारी बैंकले  क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैंकिङ एप मार्फत नै रु. दुई लाखसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । 

यसबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

Advertisement

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

undefined

Advertisement

Advertisement