सिंहदरबारको फोहोर उठाउँदिन, ‘को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोड्दिन’

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । 

फोहोर बोक्ने गाडीका ४ जना चालकलाई पक्राउ गरिएको भन्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् । उनले चालक पक्राउको थप विवरण भने खुलाएका छैनन् ।

Advertisement

उनले लेखेका छन्– ‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।
जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन  सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर उठ्दैन ।
को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन  !’

undefined

 


 

Advertisement

Advertisement