संस्थापक शेयर बिक्री गर्दै मञ्जुश्री फाइनान्स

Advertisement

काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

फाइनान्सले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । 

Advertisement

उक्त शेयरमा हाल फाइनान्सका विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद नपरे सो शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ । 

Advertisement

Advertisement