डिम्याट खाताको नवीकरण शुल्क बुझाउन मुक्तिनाथ क्यापिटलको आग्रह

Advertisement

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीलाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

कम्पनीले मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्कबापत प्रत्येक आर्थिक वर्षको १०० रुपियाँका दरले नवीकरण शुल्क बुझाउन भनेको हो । 

Advertisement

खातावालाहरूले यही असार मसान्तभित्र मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक वा लुम्बिनी विकास बैंकमध्ये आफूलाई पायक पर्नेनजिकको शाखा कार्यालयमा नवीकरण शुल्क बुझाउन सक्ने कम्पनीले जनाएको छ । 

साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयर लगइन गरी विद्युतीय भुक्तानी माध्यमबाट समेत शुल्क बुझाउन सक्नेछन् ।

त्यस्तै, एक हजार ९९९ रुपियाँ भुक्तानी गरी कम्पनीबाट सञ्चालित आजीवन डिम्याट र मेरो सेयर खाता योजनाको सुविधा लिई वार्षिक रूपमा नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement