राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । 

मन्त्रालयले खुला प्रतियोगिताद्वारा रिक्त पदपूर्ति गर्नुपर्ने जनाउँदै कार्यकारी निर्देशक पदमा दरखास्त खुलाएको हो । 

Advertisement

इच्छुक तथा योग्य नेपाली नागरिकले आजका मितिले २१ दिनभित्र आवेदन मन्त्रालयको कर्मचारी प्रशासन शाखा सिंहदरबार, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ । 

उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने मन्त्रालयले जनाएको छ । 

आवेदन फर्म मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । 

undefined

 

Advertisement

Advertisement