बीमितलाई दाबी भुक्तानीका लागि कागजात पेस गर्न सलिकोको आग्रह

Advertisement

काठमाडौं । सलिकोले दाबी भुक्तानीका लागि बीमितलाई आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ ।

साविकको सगरमाथा तथा लुम्बिनी जनरल इन्स्योरेन्स र हाल सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) बाट जारी भएका बीमालेखअन्तर्गतको ​दाबी भुक्तानीका लागि बीमितलाई आवश्यक कागजात पेस गर्न कम्पनीले आग्रह गरेको हो ।

Advertisement

दाबी भुक्तानीका लागि बिमितले पेस गरेको कागजात अपुग भएको र बीमितले लामो समयदेखि थप आवश्यक कागजात बुझाउन नआएपछि कम्पनीले सूचना जारी गर्दै ३५ दिनभित्र आफूले बीमा गरेको शाखा कार्यालयमा सम्पर्क गरी आवश्यक कागजात बुझाई दाबी फरखफारख गराउन आग्रह गरको हो ।

साथै, तोकिएको समयसम्म पनि आवश्यक कागजात नबुझाए दाबीको फाइल बन्द भई तामेलीमा जाने कम्पनीले जनाएको छ ।

Advertisement