राष्ट्रपति, विदेशमन्त्रीको हेलिकप्टरमा मृत्य भएपछि इरानमा पाँच दिने राष्ट्रिय शोक

Advertisement

काठमाडौं । राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा आइतबार निधन भएपछि इरानमा पाँच दिने राष्ट्रिय शोक घोषणा गरिएको छ ।

अजरबैजानबाट तबरिज शहरतर्फ जाने क्रममा राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित छ जना उच्च सदस्यहरु सवार हेलिकप्टर दुर्घटना भएको थियो । 

Advertisement

तीन वटा हेलिकप्टर सँगै प्रस्थान गरे पनि राष्ट्रपति रायसी चढेको हेलिकप्टर मात्रै दुर्घटना भएको हो । हेलिकप्टरमा सवारी सबैको मृत्यु भएको छ । दुर्घटनापछि इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनीले पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको बीबीसीले जनाएको छ । 

इरानी सञ्चार माध्यमहरुका अनुसार अब २८ जुनमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ । त्यस बेलासम्मका लागि इरानका उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको रुपमा सत्ता सम्हाल्नेगरी सर्वोच्च नेता खमानीले अनुमति दिएका छन् । 

Advertisement

Advertisement