पाँच लाख ३० हजारमै टाटा टियागो ईभी घर लैजान सकिने, मासिक किस्ता कति ?

Advertisement

काठमाडौं । सन् २०२३ विद्युतीय सवारी साधनका लागि निकै लोभलाग्दो रह्यो । यो वर्ष ११ हजार ८ सय ७२ वटा गाडी आयात भएकोमा ६ हजार ७ सय ६१ वटा विद्युतीय मात्र थिए । 

विद्युतीय सवारी साधनकै कारण तेस्रो स्थानमा रहँदै आएको टाटा पहिलो नम्बरमा उक्लियो । 

Advertisement

हाल नेपालमा टाटाको नेक्सन इभी, टिगोर इभी र टियागो इभी चर्चित छन् । कम्पनीले पन्च इभी पनि ल्याउने तयारी गरिरहेको छ । टाटाले आफ्ना ग्राहकलाई विद्युतीय गाडीमा अप्सनहरु धेरै दिंदा कम्पनीको सेल्सको ग्राफ उकालो लागेको हो । 

२०२३ मा टाटाले कूल २ हजार ९ सय २७ वटा आयात गर्दा २ हजार ५ सय ५७ वटा विद्युतीय साधान ल्याएको हो । 

टाटाका विद्युतीय गाडी मध्ये टियागो इभी मध्यम वर्गका ग्राहकको रोजाइमा परिरहेको छ । शिक्षक, कर्मचारी, दैनिक कामकाजी लगायतका व्यक्तिको लागि टियागो इभी उत्कृष्ट विकल्प भएको टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका इभी सेल्स इन्चार्ज सुजन कार्कीले जानकारी दिए ।
 
‘इभी किन्दा २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा हुन्छ । किस्ता पनि आफ्नो सहुलियत अनुसार समय राख्न सकिन्छ । त्यस्तै यसको अपरेसन कस्ट पनि कम भएको हुँदा यो मध्यम वर्गिय परिवारको रोजाईमा परेको हो,’ उनले कर्पोरेट नेपालसगँ भने । 
नेपालमा टियागो इभी ३ वटा अप्सनमा उपलब्ध छन् । कम्पनीले टियागो इभी एक्सटीको २६ लाख ४९ हजार, एक्सजेड प्लसको २७ लाख ९९ हजार र एक्सजेड प्लस टेक लक्जरीको २८ लाख ९९ हजार निर्धारण गरेको छ । 

यी ३ वटै भेरिएन्टमा ब्याट्री र मोटर क्षमता एउटै छ भने फिचर्स भने थप–घट गरिएको छ । 

आज हामी टियागो इभीको बेस भेरिएन्टको २० प्रतिशत डाउन पेमेन्ट बुझाएर किन्दा के कति किस्ता बुझाउनु पर्छ भन्ने बारेका जानकारी दिदैछौं ।  

टियागो इभीको बेस अप्सनको मूल्य हाल २६ लाख ४९ हजार छ । यसको २० प्रतिशत डाउन पेमेन्ट गर्दा ग्राहकले सुरुमा ५ लाख ३० हजार तिर्नु पर्छ । 

अब ग्राहकले २१ लाख १९ हजार तिर्न बाँकी हुन्छ । यसलाई ५ वर्षको किस्ता बनाईयो भने ९.५ प्रतिशत फिक्स ब्याजदर हुन्छ । जसअनुसार ग्राहकले ५ वर्षसम्म मासिक ४४ हजार ६ सय २९ बुझाउनु पर्छ । 

त्यस्तै यही गाडी ७ वर्षको किस्तामा किन्ने हो भने ब्याजदर ९.९९ प्रतिशत हुन्छ र ग्रहकले मासिक ३५ हजार २ सय ७८ रुपियाँ बुझाउनु पर्छ । कम्पनीले गाडीसँगै ३.३ किलोवाटको चार्जर र त्यसलाई चाहिने वाल माउण्ट बक्स जडान गरिदिने इभी सेल्स इन्चार्ज कार्कीले जानकारी दिए । 

यसबाहेक इम्बोस्ड नम्बर प्लेटको शूल्क, एक आर्थिक वर्षको रोड ट्याक्स र अनरसिपमा लाग्ने सबै शूल्क कम्पनीले बेहोर्ने उनले जानकारी दिए । 

ग्राहकको सुबिधाका लागि सिप्रदीले मुलुकका मूख्य राजमार्गमा २२ वटा फास्ट चार्जिङ स्टेशन बनाईसकेको छ भने यही महिना भित्र अन्य ५ वटा बनाईसक्ने गरी काम गरिरहेको छ । 


 

Advertisement

Advertisement