प्रधानमन्त्रीको पैत्रिक सम्पत्ति एक कठ्ठाबाट बढेर १४ कठ्ठा पुग्यो, अरु कति ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । 

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री दाहालको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठामा पार्किङसहितको घर छ । स्वर्गीय पत्नी सीता दाहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको दावी गरिएको छ । 

Advertisement

भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा एक कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ त्यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।

धेरैले धनी नेताको रुपमा औंल्याइने गरेका दाहालको नाममा एभरेष्ट बैंकमा २५ लाख रुपियाँ नगद मौज्दात रहेको देखाइएको छ । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।

२०७३ सालमा प्रधामनन्त्री हुँदा उनले बुझाएको सम्पत्ति विवरणमा एक कठ्ठा पैतृक सम्पत्ति र तीन तोला सुन मात्रै रहेको उल्लेख थियो । अहिलेले उनले १४ कठ्ठा जमिन पनि थप सम्पत्तिका रुपमा देखाएका छन् । तर यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् । त्यस्तै, सुन तीन तोलाबाट पाँच तोला पुगेको छ । यसलाई पैत्रिक सम्पत्तिको रुपमा औंल्याइएको छ । 

Advertisement

Advertisement