नागरिकता किर्ते गरेको कसूरमा कान्तिपुरका सञ्चालक कैलाश सिरोहिया कार्यालयबाट पक्राउ

Advertisement

काठमाडौं । नागरिकता किर्ते गरेको कसूरमा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कार्यालयबाट मंगलबार पक्राउ गरेको छ ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली थापाथली पुगेको थियो ।

दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले मंगलबार अनुमति दिएको थियो । 

नेपालको राजनीति, प्रशासन, अदालत, सुरक्षा संयन्त्रमा समेत प्रभाव जमाई चलखेल गर्ने र ठूला कम्पनीहरुसँग व्याल्कमेल गरी ठूलो रकम वा गोल्डेन शेयर हात पर्ने धन्दामा लाग्ने गरेको आरोप खेप्दै आएका उनको पछिल्लो समय गृहमन्त्री रवि लामिछानेसँग कटुता बढ्दै गएको थियो । 

Advertisement

Advertisement