महिला लघुवित्तको एक लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

Advertisement

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । 

संस्थाले जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद गर्न पाउने गरी एक लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । 

Advertisement

न्यूनतम मूल्य प्रतिकित्ता ९०० रुपियाँ तोकिएको यो शेयर खरिद गर्न खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 
बोलकबोल गर्दा कम्तीमा एक हजार र अधिकतम १०० को गुणानमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

इच्छुक लगानीकर्ताले यही जेठ २३ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, ठमेल, काठमाडौंमा बोलपत्र पेस गर्नुपर्नेछ ।

Advertisement

Advertisement