सन नेपाल लाइफको साधारणसभा आज, २३.८० प्रतिशत बोनश शेयर पारित हुने

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (जेठ ९ गते) बस्दैछ । 

सभा काठमाडौं, कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रालिमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी तीन अर्ब २० करोड रुपियाँबराबरको २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) सहित कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

बोनस शेयर जारीपछि चुक्ता पुँजी तीन अर्ब ९६ करोड १६ लाख रुपियाँ कामय हुने र अपुग पुँजी कायम गर्न २७ प्रतिशत ९१ः०.२७० को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित हुनेछ । 

त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक चयन गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार वैशाख २६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन् ।

Advertisement

Advertisement