कुमारी बैंकको ७.१७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

इच्छुक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

सो समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरे सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Advertisement

Advertisement