नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोडले ऋणात्मक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको खुद नाफा ऋणात्मक रहेको छ । 

गत आवको सोही अवधिमा १८ करोड ८९ लाख रुपियाँ धनात्मक रहेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा ४७ करोड ५६ लाख रुपियाँले ऋणात्मक छ । 

Advertisement

चालू आवको चैत मसान्तसम्म कम्पनीले बीमाशुल्क अन्तर्गत एक अर्ब ४३ करोड रुपियाँ आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३४.७० प्रतिशतले कम हो । गत आवमा कम्पनीले दुई अर्ब १९ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषको आकार २२.९४ प्रतिशतले बढेर आठ अर्ब ९१ करोड रुपियाँ नाघेको छ । गत आवको सोही अवधिमा बीमा कोष सातमा अर्ब २४ करोड रुपियाँ सञ्चित थियो । 

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म जगेडा कोषमा १९ करोड ६९ लाख रुपियाँ र महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपियाँ सञ्चित छ ।
 

Advertisement

Advertisement