सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका लागि राखेको छ । 

बैंकले शेयरधनी उमेशकुमार मुडभरीका नाममा रहेको सात हजार ६४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यस शेयरमा हाल बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

Advertisement

Advertisement