सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाबाट लाभांश र हकप्रद पारित

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं बार्षिक सााधारण सभा आज सम्पन्न भएको छ । 

उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको पारित गरियो ।  

Advertisement

सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तीय विवरणहरुसहितको एकीकृत वित्तीय विवरण,  आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम रु.३,२०,००,००,०००/– (अक्षरुपी तीन अर्ब बीस करोड) को २३.८० प्रतिशतले हुन आउने रकम रु.७६,१६,००,०००/– (अक्षरुपी छयहत्तर करोड सोह्र लाख मात्र) बराबरको बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त (वोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम रु.४,००,८४,२१०/– (अक्षरुपी चार करोड चौरासी हजार दुई सय दश मात्र) नगद लाभास पारित गरियो ।  

साधारण सभाबाट साधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा स्नेहा शर्मालाई नियुक्त गर्ने प्रस्ताव पारित भयो । साथै चुक्ता पूँजी पुर्याउन १ः०.२७ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जनाएको छ ।  

Advertisement

Advertisement