मापदण्ड पूरा गरेर मात्रै खानेपानी ढुवानी तथा बिक्रीवितरण गर्न महानगरको अनुरोध

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएका मापदण्ड पूरा गरेर मात्रै खानेपानी ढुवानी तथा बिक्रीवितरण गर्न सरोकारवालाई अनुरोध गरेको छ । 

महानगरपालिकाले एक सूचना जारी गर्दै काठमाडौं उपत्यका क्षेत्रभित्रका पसलमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोलत कुच्चिएका, टुटेफुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका तथा राम्रोसँग सिल नभएको भन्ने जनगुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

Advertisement

यसरी आमनागरिक (उपभोक्ता) को स्वास्थ्यमा खेलवाड हुन सक्ने क्रियाकलाप नियन्त्रणका लागि प्रशोधित पानी उद्योगी तथा व्यवसायी र महानगरपालिकाबीच सहकार्य हुनुपर्ने महानगरपालिको भनाइ छ । 

तोकिएका मापदण्ड पूरा भए/नभएको निरीक्षण गर्ने पनि महानगरपालिको कार्यक्रम रहेको र सबैको सहयोग आवश्यक रहेको महानगरपालिद्वारा जारी सूचनामा उल्लेख छ । 

Advertisement

Advertisement