राष्ट्र बैंकले ३५ अर्ब रुपियाँ निक्षेप संकलन गर्दै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपियाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । 

राष्ट्र बैंकले भोलि शुक्रबार (जेठ ११ गते) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ । 

Advertisement

राष्ट्र बैंकले १४ दिनका लागि  निक्षेप संकलनमार्फत ३५ अर्ब रुपियाँ तान्न लागेको हो । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । 

यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी एकमुष्ट जेठ २५ गते भुक्तानी हुनेछ । 

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकमबराबरको माग गर्न सक्नेछन् ।

undefined
 

Advertisement

Advertisement