नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् एजेन्डा

Advertisement

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । 

सभा, रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । यद्यपि, कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन ।

Advertisement

सभामा गत आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । 

सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । 

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, जेठ १७ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । 


 

Advertisement

Advertisement