सुनको मूल्य प्रतितोला १८ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बिहिबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सुन प्रतितोला १८ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो । 

नेनपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement