इन्धन बचाउने सन्देशसहित सांग्रिला डेभलपमेन्ट बैंकले जेठ १९ गते साइकल र्याली गर्ने

Advertisement

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंककले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ साइकल र्याली आयोजना गर्ने भएको छ ।  

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागिएको हो । सो साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुकहरुले जेठ १६ गते सम्मा यस लिंक जततउकस्ररधधध।कजबलनचष्बिदबलप।अयmरअथअभिचबििथर मा निःशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सकिने छ । 

Advertisement

उक्त साइकल र्याली जेठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने छ । 

सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल  तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । 


 

Advertisement

Advertisement