नेपाल पुनर्बीमाले कमायो ३३ करोड ७७ लाख नाफा, तर घट्यो बीमाशुल्क संकलन

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले चालु आर्थिक बर्ष २०८०–८१ को दोस्रो त्रैमासमा ३३ करोड ७७ लाख ५८ हजार रुपियाँ खुद नाफा कमाएको छ । 

कम्पनीले बिहीबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधीमा कम्पनीको खुद नाफा १५.४८ प्रतिशतले बढेको देखिन्छ । गत आवको सोही अवधीमा कम्पनीले २९ करोड २४ लाख ६६ हजार रुपियाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी २.६४ प्रतिशत रहेको छ । 

Advertisement

यस अवधीमा कम्पनीको बीमा शुल्क संकलन भने ११.२९ प्रतिशतले घटेको छ । गत आवको सोही अवधीमा कम्पनीले तीन अर्ब ८४ करोड ८९ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको थियो । यसपाली त्यो घटेर तीन अर्ब ४१ करोड ४२ लाख ७६ हजा रुपियाँमा सीमित भएको छ । 

समीक्षा अवधीमा कम्पनीको पीई रेसियो २५४.९४, नेटवर्थ १४५.७५ र प्रतिशत शेयर कुल सम्पत्तिको मूल्य २२९.२२ रहेको छ । कम्पनीको समीक्षा अवधीसम्ममा तीन अर्ब ७१ करोड ५५ लाख ७३ हजार रुपियाँ दीर्घकालिन लगानी गरेको छ । अल्पकालिन रुपमा भने १६ अर्ब ९७ करोड ४१ लाख ४८ हजार रुपियाँ लगानी भएको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement