दश महिनामा बैदेशिक रोजगारीका लागि बाहिरिए छ लाख नौ हजार नेपाली

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा छ लाख नौ हजार ७०५ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । बैदेशिक रोजगारी बिभागले सार्वजनिक गरेको बैशाखसम्मको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत बर्षको सोही अवधिभन्दा ७.६५ प्रतिशतले घटेको हो । 

गत आवको सोही अवधीमा छ लाख ६० हजार २५५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आवभरमा भने सात लाख ७४ हजार ९७६ नेपाली बैदेशिक रोजगारमा गएका थिए जुन बार्षिक रुपमा हालसम्मकै उच्च संख्या हो । 

Advertisement

गत आवमा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या धेरै थियो । कोरोना संक्रमण रोक्न विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण बैदेशिक रोजगारीमा जाने नेपाली कामदार यही रोकिएका थिए । तर, अवस्था सामान्य भएपछि गत आवमा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च थियो । गत आवमा मेलेसियाबाट पनि नेपाली कामदारको माग उच्च थियो । तर, यसपाली गत आवको सरह नेपाली कामदार विदेशीएका छैनन् । 

यो आव साउनमा ५५ हजार ५७५ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । त्यसपछि भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३ र माघमा ६२ हजार १४७ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । यसैगरि फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र बैशाखमा ७० हजार ६३७ जना नेपाली वैदेशीक रोजगारीमा गएका छन् ।

Advertisement

Advertisement