एमएडब्लु वृद्धिले इलेक्ट्रिक ह्याचब्याक नामी ०१ भित्र्याउने, ३० मिनेटमै चार्ज हुने

Advertisement

काठमाडौं । डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन नामी ०१ नेपाली बजारमा उपलब्ध गराउने भएको छ । यसले नेपालको ह्याचब्याक सेगमेन्टमा  नयाँ पन ल्याउने कम्पनीको अपेक्षा छ । 

प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ०१ मा ४०३०–१८१०–१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्विलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्विल रहेको छ । यसमा भएका सेगमेन्ट फस्र्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन्य भन्दा फरक देखाएको छ । 

Advertisement

पाँच व्यक्ति आरामका साथ बस्न मिल्ने नामी ०१ सात आकर्षक कलरमा उपलब्ध छ, जस मध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध छ । ककपिटमा ५ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी–फङ्सनल स्टेयरिङ ह्विल र १२.८ इन्चको सेन्ट्रल स्क्रिन रहेको छ, जुन मोबाइल रिमोट कन्ट्रोल र ओभर–द–एयर अपडेट सहित उपलब्ध छ । 

४२.३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याकद्वारा सुसज्जित नामी ०१ ले एनईडीसी साइकल अनुसार ४३० किलोमिटरको रेन्ज दिन्छ । डीसी चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । 

कम्प्याक्ट इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनमा नयाँ युगको सुरुवात गर्ने प्रतिज्ञाका साथ एमएडब्लु वृद्धिले छिट्टै नै सो गाडी नेपाली बजारमा उपलब्ध गराउने छ । नेपाली ग्राहकलाई यसको अद्वितीय प्रविधि र आकर्षक डिजाइनले मोहित पारेर ह्याचब्याक सेगमेन्टको बजारमा नयाँ स्ट्यान्डर्ड तयार गर्ने कम्पनीको अपेक्षा छ । त्यसैगरी यसले वातावरणमैत्री ड्राइभिङ अनुभव समेत उपलब्ध गराउन भूमिका खेल्ने छ ।
 

Advertisement

Advertisement