काठमाडौंको थापाथलीमा एयोन गाडीको नयाँ शोरुम उद्घाटन

Advertisement

काठमाडौं । सिजी मोटर्सले आज काठमाडौंको थापाथलीमा एयोन गाडीको नयाँ शोरुम उद्घाटन गरेको छ । 

चिनियाँ कम्पनी जीएसी मोटर्सको एयोन गाडीको शोरुम चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, प्रबन्ध निर्देशन निर्वाण चौधरी र जीएसी इन्टरनेशनलका भाइस जीएम स्टिभेन वाङ लगायतले संयुक्त रुपमा गरेका हुन् । 

Advertisement

undefined

आधुनिक, सुरक्षित र आरामदायी अनुभवको संयोजन रहेको एयोन वाइमा १०० किलोवाटको मोटर छ । जसले २२५ एनएमको अधिकतम टर्क दिन्छ । यसको लिथियम आइरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ केडब्लूएच छ, जसमा ६.६किलोबाव चार्जको पनि सुविधा छ ।

फुलचार्जमा यस इभीले ५०० किमी भन्दा बढीको रेञ्ज प्रदान गर्दछ । एयोन वाइको अगाडि र पछाडि दुबै चक्का डिस्क ब्रेक छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ मिमि छ । 

हल नेपालभर १२० स्थानमा चार्जिङ सेवा दिंदै आएको र थप ५० ठाउँमा चार्जिङ ु्ुसुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

undefined
 

Advertisement

Advertisement