आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Advertisement

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपियाँ बराबरको ऋणपत्र ‘९% आई.सि.एफ.सि. फाइनान्स डिबेञ्चर-२०८८’ निष्काशन गर्ने भएको छ ।

यसैक्रममा कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच दुई पक्षले समझदारी गरेका हुन् । 

Advertisement

उक्त सम्झौता पत्रमा आईसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृतसुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । 

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले २१ शाखा, १ एक्स्टेन्सन काउन्टरका साथै २१ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
 

Advertisement

Advertisement