भाइरल हुन भ्रामक सूचना फैलाउने आरोही निर्मल पूर्जामाथि विभागले थाल्यो छानबिन

Advertisement

काठमाडौं । गलत सूचना प्रवाह गरेर नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको भन्दै आरोही निर्मल पुर्जासहितका व्यक्तिमाथि पर्यटन विभागले छानबिन प्रक्रिया अघि बढाएको छ ।

चर्चित (भाइरल) हुने गरी अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न निज पुर्जा र अन्य व्यक्तिउपर छानिबिनको प्रक्रिया अघि बढाइएको पनि विभागले जनाएको छ । 

Advertisement

पुर्जाले जेठ १३ गते सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरी काटिएकाले आरोहणमा समस्या भएको भ्रम फैलाएका थिए । साथै उनले पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नहुँदा फर्किनु परेको भन्ने गलत सामग्री फैलाएकोप्रति विभागको ध्यानाकर्षण भएको हो । 

विभागले पायोनियर एडभेन्चरलाई उद्धृत गर्दै सगरमाथाको सफल आरोहण भइरहेको र पुर्जाले भनेझैं उक्त स्थानमा टाँगिएको डोरी नकाटिएको र सहज रुपमा आरोहण सम्पन्न भएको जनाएको छ । साथै, यस सम्बन्धमा पर्वतारोहण सञ्चालक संघ नेपालको आकस्मिक बैठकसमेत बसेको र टाँगिएको डोरीमा कुनै समस्या नभएको तथा यसले नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘यस सिजनमा सगरमाथा आरोहणको सम्पूर्ण अभियान अन्तिम चरणमा पुगेको र आरोहण मार्गमा टाँगिएको डोरीको कही कतै पनि समस्या नरहेको जानकारी सम्बन्धित सबैमा प्रेषित गर्दछौं,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आरोहण गर्न बाँकी रहेका सम्पूर्ण आरोहीहरूमा ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न हार्दिक अनुरोध पनि गर्न चाहन्छौं ।’

साथै, विभागले सगरमाथा आधार शिविरमा रहेको फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषित हुने आधिकारिक समाचारबाहेकका भ्रामक सूचना प्रवाह नगर्न पनि सबैमा अनुरोध गरेको छ । 

undefined

Advertisement

Advertisement