महिला ट्राफिक प्रहरी महिनावारी हुँदा मापसे गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको अनौठो योजना

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरी महिनावारी भएको बेला उनीहरुलाई ड्युटीमा नखटाउने र सो ठाउँमा मादक पदार्थ सेवन (मापसे) गर्नेलगायतका ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयम सेवकको रुपमा हटाउने निर्णय गरेका छन् । 

लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो यो अनौठो योजना सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासः  
अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका चार दिन सडकमा डिउटी गर्नु पर्दैन । मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’ 

Advertisement

गृहमन्त्रीको यो योजनाले जानेर वा नजानेर ट्राफिक नियमको कारवाहीमा परेकाहरुमाथि अपमानजनक ढंगले सडकमा उतार्ने र सजायको नाममा उनीहरुको मानमर्दन गर्न खाजेको देखिन्छ ।  

Advertisement

Advertisement