मे २९ लाई सगरमाथा दिवसका रुपमा मनाइने, पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड विनियोजन

Advertisement

काठमाडौं । सरकारले पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ । 

मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । नेपालमा विवाहको लागि आउने पर्यटकलाई सहजिकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने बताए । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको बताए । 

Advertisement

मे २९ लाई विशेष रुपमा सगरमाथा दिवसका रुपमा मनाइने बताए । भरतपुर विमानस्थलको स्तरोन्नती आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बतए । त्यसको लागि ३६ करोड रुपैयाँ विनियोजन गरिने बताए । 

पुनले नागरिक उड्यन पूर्वाधार बनाउन ३ अर्ब ७७ करोड विनियोजन गरेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवद्र्धन गरिने बताए । नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवद्र्धनका लागि पर्यटन प्रोफाइल तयार गरिने, पर्यटनलाई एकद्वार प्रणालीमा सेवा दिने प्रवद्र्धन मिलाइने बतए । पर्वतारोहण प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने, छिमेकी मुलुक भारत तथा चीन र अन्य मुलुक प्रमुख शहरमा पर्यटकीय पर्यटक लक्षित रोड शो,मेला महोत्सव जस्ता पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताए । 

पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको बताए । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने बताए । 

Advertisement