सञ्चालनमा नरहेका विमानस्थलहरु मनोरञ्जन साहसिक पर्यटनको लागि उपयोग गरिने

Advertisement

काठमाडौं । सरकारले सञ्चालनमा नरहेका आन्तरिक विमानस्थलहरु मनोरञ्जन साहसिक पर्यटनको लागि उपयोग गर्ने बताएको छ । 

मंगबबार संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले सञ्चालनमा नरहेका बलेवा, लामिडाँडा, मनाङ, रुम्जाटार विमानस्थल लगायतका विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ, प्यारासुट, स्काइडाइभिङ, अल्ट्रालाइट जस्ता साहसिक पर्यटनको लागि उपयोग गरिने बताए । 

Advertisement

पुनले पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको पनि बताए । 

Advertisement

Advertisement