दलित विकास प्राधिकरण स्थापना गरिने घोषणा

Advertisement

काठमाडौं । सरकारले दलित विकास प्राधिरकण स्थापना गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् । 

Advertisement

उनले भने, ‘दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न दलितको शशक्तिकरण कार्य गर्ने संरचना एकिकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गरिनेछ ।’

दलित समुदायको रैथाने, सीप, ज्ञान र पेशाको आधुनिकिकरण गरी रोजगारी सृजना र जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्न २० करोड रुपियाँ बिनियोजन गरिने पनि अर्थमन्त्री पुनले घोषणा गरेका छन् ।

Advertisement

Advertisement