जलवायु परिवर्तन न्यूनीकरण गर्न ‘हिमाल जोगाऔं, मानवता बचाऔं’ अभियान सञ्चालन गरिने

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ‘हिमाल जोगाऔं, मानवता बचाऔं’ अभियान सञ्चालन गर्ने भएको छ । 

अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै जलवायु परिवर्तनले हिमाली र पर्वतीय क्षेत्रको परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा संवाद गरी सो अभियान थालिने बताए । 

Advertisement

साथै, सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणसमेत सञ्चाल गर्ने भएको छ । त्यसैगरी सरकारले जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित तरिकाले सम्बोधन गर्न ‘राष्ट्रपति जलवायु परिवर्तन योजना कार्यक्रम’ सञ्चालनसमेत गर्ने भएको छ ।

Advertisement

Advertisement