राशिफलः आज (जेठ १६) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल जेठ महिनाको १६ गते बुधबार, ज्येष्ठ कृष्णपक्षको षष्ठी तिथि ।

मेष 
बोलीमा नरमपना देखा पर्ने छ । आफ्नो कर्म र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । तर पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नु पर्ने हुन्छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा देखिएका जटिलता समाधान गर्न उपयुक्त जुत्तिको अभाव हुने छ । शेयर क्षेत्रको संलग्नता औसत नतिजा दिने हुने छ ।

Advertisement

वृष
शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुख सयलका संयन्त्रहरु गुम्ने छन् । पेशाप्रति प्रतिबद्ध हुने व्यक्तित्व हुने भएकाले पेशागत स्थिरता कायम हुने छ । पेशागत जीवनमा कदर र उन्नति हुने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ । शेयर क्षेत्र सकारात्मक दिशमा रहने छ । 

मिथुन 
कमाईका लागि छोटो छोटो यात्रा गर्नु पर्ने समय आउने छ । मेहनत र पराक्रमी हुन मन लाग्ने छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । तर आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ । शेयर बजार अनुकुल नै रहने छ ।

कर्कट
मनमा भारी निराशाले सताउने छ । प्राप्त उपलब्धिहरुमा पनि खुशी हुन सकिने छैन् । बोलीमा कडापन आउँदा पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । भाडाका सावारीसाधन, सामान ढुवानी गर्ने सवारीसाधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय फाइदा दायक रहने छ । शरीर कमजोर हुने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

सिंह
मनमा दुविधा नै दुविधाले डेरा जमाउने हुँदा निराशा बढ्न जाने छ । परीवारिक जीवन शुभ रहने भएता पनि बोलीमा देखिने कडापनका कारण प्रिय भने बन्न जाने छैन् । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीर अत्यन्त कमजोर हुने र थाई धेरै लाग्ने छ । समय धैर्य भएर अघि बढ्नु पर्ने खालको छ । शेयर बजार औसत खालको हुने छ ।

कन्या
आम्दानी प्रति प्रतिबद्ध मन हुने छ । जीवनसाथिको सल्लाहमा गरिने कामले लाभ दिने छ । तर दाम्पत्य जीवनमा यसबाहेकका अन्य विषयमा भने द्वन्द देखा पर्ने छ । दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने असाध्यै बढि हुन पुग्ने छ । मन दृढ हुन जाने भएकाले कसैले पनि पेल्न सक्ने छैनन् । साझेदारीमा गरिएका कामहरुमा कठिनाई देखा पर्ने छ । शेयर क्षेत्र शुभ रहने छ ।

तुला
भाग्यको साथ रहेको छ । तर पेशागत जीवनमा भने अबरोधहरु देखिन जाने छ । अध्ययन अध्यापनमा त्यति मन लाग्ने छैन् । आम्दानीमा धेरै त होइन् थोरै मात्रामा भए पनि बृद्धि हुन जाने छ । धेरै जोखिमका काममा अघि बढ्नु होला । पेशागत जीवनमा जोगिएर व्यवहार गर्नु होला । जोखिपूर्ण रहने छ ।

वृश्चिक
भाग्यहिनताको अभाष भइ रहने छ । चाहिने ठाउँमा आवश्यक बुद्धि आउने छैन् । मनमा सकारात्मक भन्दा नकारात्मक विचारले घेर्ने भएकाले जीवन र जगतलाई सकारात्मक नजरबाट पनि हेर्ने प्रयास गर्नु होला । समय धैर्य हुनु पर्ने खालको छ । शेयर क्षेत्र भने फलदायि बन्ने छ । 

धनु 
पेशागत जीवनमा प्रतिष्पर्धीहरु वा विरोधीहरुले पेल्ने प्रयास गर्ने भएकाले सतर्क रहनु होला । बौद्धिक स्तरमा भारी बढोत्तरी हुने छ । तर सो अनुसारको पेशागत जीवन मजबुद नहुँदा तालमेल नमिल्दा मनमा निराशा देखा पर्न जाने भएकाले यस विषयमा सन्तुलित भएर हेर्ने प्रयास गर्नु होला । प्रतिष्पर्धात्मक क्षमताको कमि हुने छ । शेयर क्षेत्र औसत तर केही सकारात्मकता तर्फ ढल्कने छ ।

मकर 
मनमा दुविधाले सताउने छ । धन सम्पत्तिको विषयमा मुद्धा मामिला तथा अड्डा अदालत धाउनु पर्ने समय सक्रिय रहेको छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । पेशागत जीवन भने शुभ रहने छ । दृढ व्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । शेयर बजारमा संयमित रहनु पर्ने समय देखिन्छ ।

कुम्भ 
दृढ खालको व्यक्तित्व हुने छ । प्रेम रोमान्समा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेम पाइने छ । व्यापार, विजनेश, वाणिज्य, कारोवार, एजेन्टिङ्ग जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । रिस भने अलि धेरै उठ्ने भएकाले यस बारेमा विचार पुर्याउनु होला । व्यवस्थापकीय कलामा बढोत्तरी हुने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

मीन
मनोवलको अभाव हुन जाने छ । शारीरिक थकान र कमजोरी पनि उत्तिकै देखा पर्ने भएकाले यसबारेमा विशेष ध्यान दिनु होला । साझेदारीमा गरिएका काममा द्वन्द बढ्ने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय सक्रिय देखिएकाले यस विषयमा ध्यान दिनु होला । शेयर बजार प्रतिकुल रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement