सत्ता गठवन्धनलाई चुनौति दिँदै माधव नेपाल विपक्षी दलहरुको बैठकमा सहभागी

Advertisement

काठमाडौं । सत्ता गठवन्धनलाई चुनौति दिँदै माधव नेपाल विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको विपक्षी दलहरूको बैठकमा १० साँसद रहेको सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका हुन् ।

Advertisement

देउवाले समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बोलाएका थिए । बैठकमा माधव नेपालका साथै उनकै पार्टीका मेटमणि चौधरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी भने सहभागी भएन् । 

सरकार ढाल्ने र बनाउने खेल र गणतन्त्र सञ्चालन जटिल हुँदा नेपालको राजनीति दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । 

Advertisement

Advertisement