मुलुक मध्यावधिमा जाने संभावना बढ्योः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जाने संभावना बढेको बताएका छन् । भुक्तपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले चाँडै मध्यावधिको घोषणा हुनसक्ने सक्ने संकेत गरेका हुन् ।

लिङदेनले भने, ‘ ‘दलहरुको बीचमा जुन प्रकारको प्रतिद्वन्द्विता, प्रतिष्पर्धा र अविश्वसनीयताहरु बढ्दै गएका छन्, रातभरमा नै दलहरुले समीकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोली उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समीकरण परिवर्तन गर्दै हिँड्ने, यसको प्रकारको जुन गतिविधिहरु बढिराखेको छ, प्रतिनिधिसभाको नै मध्यावधि निर्वाचन हुनसक्ने सम्भावनाहरु देखिराख्या छ ।’

Advertisement

दाहाल र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको भन्दै उनले सम्भावित मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर संगठन निर्माणमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

सम्भावित मध्यावधि निर्वाचनको कुरा मात्रै नभएर पार्टीले सुरू गरेको आन्दोलनलाई सफल बनाउन पनि सिंगो पार्टी पंक्ति संगठन निर्माणमा जुटनुपर्ने भन्दै उनले भने, ‘ हामीले आगामी स्थानीय तहको निर्वाचन होस् अथवा सम्भावित मध्यावधि निर्वाचनको कुरा होस्, निर्वाचनको कुरा मात्रै होइन, अहिले हामीले आन्दोलनको पनि कुरा उठाइराखेका छौं, त्यसलाई सफल पार्न होस् । संगठन निर्माण गर्न जरुरी छ ।’

Advertisement

Advertisement