पाँच प्रतिशत लाभांश पारित गर्न नेपाल पुनर्बीमाको साधारणसभा आज

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारणसभा आज (जेठ १७ गते) बस्दैछ ।

सभा, अनुपम फुडल्यान्ड बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ । 

Advertisement

सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२५५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा छन् । 

साथसाथै, सभाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, जेठ ४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Advertisement

Advertisement